ठेकेदारको टिप्परले ठक्कर दिदा घाइते भएका विश्वकर्माको उपचार प्रभावित

दाङ, ०७ पुस ।
दाङ घोराही निवासी ठेकेदार ईश्वर पुनको टिप्परले ठक्कर दिदा गम्भीर घाइते भएका सुरेश विश्वकर्माको उपचार प्रभावित भएको छ । भदौ २३ गते नारायणपुरमा गलत साइडबाट आएको टिप्परले ठक्कर दिदा विश्वकर्मा गम्भीर घाइते भएका थिए ।

दुर्घटना भएको तीन महिनासम्म पनि उनले ठेकेदार पुनबाट उपचारमा कुनै सहयोग नपाएको गुनासो गरेका छन् । हाल सुरेश विश्वकर्मा भारतको लखनउमा उपचाररत छन् ।


चिकित्सकका अनुसार उनलाई तत्काल अपरेशन आवश्यक छ । तर, आर्थिक अभाव हुँदा अपरेशन हुन सकेको छैन । पुनले पटक–पटक उपचार गरिदिने आस्वासन दिएको समेत विश्वकर्माको भनाई छ । पीडित प्रहरीमा उजुरी गर्न जान खोजेपनि उजुरी गर्न नदिइएको समेत विश्वकर्माको गुनासो छ ।

उनले उपचार अभाबमा अप्रिय घटना भएमा सम्बन्धि ठेकेदारले जिम्मा लिनुपर्नेसमेत बताएका छन् । साथै प्रहरीले यसमा सत्यतथ्य छानविन गरिदिनु पर्ने समेत उनको भनाई छ । दुर्घटना पछि चालक फरार छन् ।