रास्वपाले लुम्बिनी प्रदेशमा समानुपातिक सांसद उम्मेदवारसँग छलफल सुरु गर्‍यो

दाङ, ०५ पौष ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारसँग छलफल सुरु गरेको छ । रास्वपाका संस्थापक सदस्य तथा सचिवालय सदस्य गणेश पराजुलीको नेतृत्वमा उम्मेदवारहरूसँग छलफल प्रक्रिया अघि बढाइएको हो ।


छलफलमा प्रदेश सभापति देवराज पाठकसहित पार्टीका अन्य प्रदेशस्तरीय नेताहरूको सहभागिता रहेको छ । लुम्बिनी प्रदेशबाट समानुपातिक सांसद उम्मेदवारका लागि ४५ जनाले आकांक्षीका रूपमा निवेदन दिएका छन् ।
‘जान्नेलाई छान्ने विधि’ अन्तर्गत समानुपातिक सांसदका उम्मेदवारसँग छलफल गरी भूगोलका आधारमा उम्मेदवार सिफारिस गरिने गणेश पराजुलीले जानकारी दिए । उनका अनुसार देशभरबाट प्राप्त उम्मेदवारहरूको नाम बन्दसूचीका लागि केन्द्रमा पठाइनेछ ।