
दाङ, ०४ पौष ।
दाङ – मङ्सिर २० गते लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्तिलाई दाङ प्रहरीले सार्वजनिक गरेको छ।
बंगलाचुली गाउँपालिका – ४ काभ्रे बस्ने वर्ष ३३ को लेखराज केसीलाई जिल्ला प्रहरी कार्यालय, दाङले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
केसीलाई शुक्रबार बिहान ७ बजे राजपुर १ मारुनी खोलास्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो।
उनलाई दाङ जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाको विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए।
गोली चलाउने व्यक्ति जेन–जी आन्दोलनको क्रममा भागेका कैदी रहेको खुलेको छ। उनी लागुऔषध मुद्दामा दोषी ठहर भई तुलसीपुर करागारमा कैद भुक्तान गरिरहेका थिए।



लाइभदाङ । ४ पुष २०८२, शुक्रबार २२:०६ बजे