
घोराही। चलचित्र ‘बाटुलो जून’को प्रचारप्रसार तथा दर्शकसँगको भेटघाटका लागि चलचित्रको टिम दाङ आउने भएको छ। चलचित्रका अभिनेता तथा निर्देशक भुवन केसी, मेघास्टार अनमोल केसी र नायिका प्रिन्सी खतिवडा आगामी मंसिर १ गते दाङ आउन लागेका हुन्।
‘बाटुलो जून’लाई लिएर दर्शकमाझ चासो बढिरहेका बेला चलचित्रको टिमले दाङमा प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमले चलचित्रको चर्चा र प्रचारप्रसारलाई थप गति दिने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्तरका कलाकारसँग प्रत्यक्ष भेटघाट र संवाद गर्ने अवसर स्थानीय दर्शकका लागि पनि विशेष बन्ने देखिन्छ। चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय कलाकारहरूको उपस्थितिले दाङको चलचित्र तथा मनोरञ्जन क्षेत्रको गतिविधिलाई समेत थप चलायमान बनाउने विश्वास गरिएको छ।



लाइभदाङ । १ मंसिर २०८३, सोमबार ११:०३ बजे