हनुमान इट्टा विरुद्ध परेको मुद्दामा विगतको फैसलाको नजिरले काम गर्ला ?

दाङ, २९  मंसिर । दाङमा जिग–ज्याग प्रबिधि जडान गरेको एउटा मात्रै इट्टा उद्योग जय श्री हनुमान फिक्स चिम्नी इट्टा उद्योग हो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित उक्त उद्योगले अन्य उद्योगले गर्ने प्रदूषण भन्दा निकै न्यून धुवा फाल्छ । जिकज्याक प्रबिधि जोडेका उद्योगहरुले अन्य सामान्य उद्योगको तुलनामा न्यून धुवा फाल्ने र धुवामा पनि प्रदुशन निकै कम हुन्छ ।

जिल्लामा सबै भन्दा बढि माग हुने इट्टा उद्योग पनि हनुमान नै रहेको सञ्चालक मोहन बुढाको दावी छ । जिल्लाका अधिकांस उद्योगका इट्टाहरु विक्री नभइरहेको अबस्थामा उक्त उद्योगका इट्टाहरु पु¥याउन नै धौ–धौ हुने गरेको छ ।

जिकज्याक जडित उक्त उद्योगले अहिले बर्षैभरि नै इट्टा पोल्ने कार्य गरिरहेको छ । त्यसले गर्दा सहुलियतमा इट्टा उपलब्ध हुँदै आएको छ । तर, जिल्लाका इट्टा ब्यबसायीहरुले विगतदेखि नै उक्त उद्योगलाई अदालतमा मुद्दा हाल्दै आएका छन् । उक्त उद्योगलाई पुस मसान्त भन्दा अगाडी नै आगो लगाएको भन्दै मुद्दा परेको थियो । केन्द्रको पत्र अनुसार प्रदुशन हुने भन्दै पुस मसान्त अघि इट्टा पोल्नकालागि आगो नलगाउन नहुँने भन्दै अदालतमा मुद्दा हालेपनि हनुमान इट्टा उद्योगकै पक्षमा फैसला गरेको थियो । उच्च अदालत तुलसीपुरका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइराला र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले घरेलु तथा साना उद्योग कार्यालय दाङ र दाङ देउखुरी इँटा व्यवसायी संघका नाममा अन्तरिम आदेश दिदै ‘स्वीकृत प्राप्त उद्योगले जिकज्याक फाइरिङ प्रविधिको अवलम्बन गरी इँटा पोल्ने कार्य गरेकाले इँटा फाइरिङ गर्ने कार्यमा कुनै अवरोध नगर्न’ भनेको थियो ।


त्यस्तै दाङ देउखुरी इँटा व्यवसायी संघको तर्फबाट जय श्री हनुमान इँटा उद्योगलाई विपक्षी बनाएर प्रकाश खड्काले दिएको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका तत्कालिन कायममुकायम न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले निवेदकलाई कुनै अपूरणीय क्षति नहुने भन्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश दिएको थियो ।
यो वितको बर्ष गरेको आदेश हो । अदालतले एउटै प्रकृतिको मुद्दामा विगतमा गरेको निर्णयलाई नजिर मान्ने गर्छ । यस बर्ष पनि विगतकै जस्तो विषयलाई लिएर अदालतमा मुद्दा परेको छ । पुस मसान्त अघि उद्योगमा आगो हाल्ने कार्य विरुद्ध बाँकेबाट अधिबक्ताहरु आएर मुद्दा हालेका छन् । केही अधिवक्ता तथा अधिकारकर्मीहरु मिलेर उद्योगसहित सम्बन्धित नियामक निकायहरुलाई समेत विपक्षी बनाएर मुद्दा हालिएको छ । उनीहरुले दाङ जिल्लामा रहेको इट्टा उद्योगले पुस मसान्तपछि मात्रै इट्टा पोल्ने कार्य गर्नुपर्नेमा मंसिरकै महिनामा आगो लगाउने कार्य गरेको भन्दै रोक्न माग गरेका हुन् ।
जिल्लामा इट्टा उद्योगहरुले इट्टालाई कृत्रिम अभाब बनाउन खोजिरहेका छन् । हाल हनुमानले रु१५ मा प्रति इट्टा उपलब्ध गराउँदै आएको छ । अन्य उद्योगहरुले महंगोमा विक्री गर्दै आएका छन् । हनुमानले इट्टा उत्पादन बन्द गरेमा इट्टा अझै महंगो पर्न जाने अनुमान गरिएको छ । हाल कुनै पनि उद्योगमा इट्टा छैन । यसरी उद्योगमा इट्टा अभाब गर्ने प्रयत्न भइरहेको छ ।

हाल हनुमान उद्योगमा दुई सय बढि मजदुरले काम गर्दै आएका छन् । जसमा अधिकांश दाङवासी नै रहेका छन् । इट्टा बोक्ने, काँँचो इट्टा बनाउने, प्रशासनिक काम गर्ने, गाडी चालक, सहचालक जना, रावेश म्यानलगायतले काम गरिरहेका छन् ।