
आलोक भावुक
गढवा,१ असार ।
दाङ देउखुरीको गढवा गाउँपालिकामा उद्यमीहरुलाई व्यवसायिक योजना तयारी तथा ऋण प्राप्ति प्रकृया सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ।
घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख सुर्दशन शर्माको अध्यक्षता तथा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङको आयोजना तथा गढवा उद्योग वाणिज्य संघको समन्वयमा आज सोमबार गढवा उद्योग वाणिज्य संघको सभाहलमा उद्यमीहरुलाई व्यवसायिक योजना तयारी तथा ऋण प्राप्ति प्रकृया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
व्यवसायिक योजना तयारी तथा ऋण प्राप्ति प्रकृया सम्बन्धी र वित्तीय साक्षरता सम्बन्धी सम्पूर्ण जानकारी दिईएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले व्यवसायीहरुको हक हितका लागि व्यवसाय सञ्चालनकर्ता लाई व्यवसाय पूर्व यस प्रकारको कार्यक्रमले सहि दिशा निर्देश गर्ने बताउनुभयो। साथै बित्तिय साक्षरता बिनाको व्यवसाय जोखिमपूर्ण रहेकोले व्यवसायीहरुलै बित्तिय साक्षरता सम्बन्धी ज्ञान आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख सुर्दशन शर्माले न्युनतम ज्ञान बिनाको व्यवसाय सफल नहुने बताउनुभयो। योजना बनाएर व्यवसाय सञ्चालन गरे मात्र सफल्ता मिल्ने भन्दै व्यवसायिक योजना निर्माण गरी ऋण सम्बन्धी समेत ऋण प्राप्तिका विभिन्न चरणहरुको बारेमा ज्ञान बिनाको व्यवसाय असफल हुने बताउनु भयो। कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मधा न्यौपानेले यस प्रकारको कार्यक्रमले व्यवसायीको मनौबल बढ्ने र व्यवसाय स्थापित गर्नसहज हुने भएकाले यस प्रकारको कार्यक्रम नियमित रुपमा सञ्चालन गर्नु पर्ने बताउनु भयो।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका उद्यम सहजकर्ता अनिल चौधरीलेउद्यमीहरुलाई व्यवसायिक योजना तयारीका बिभिन्न चरणहरुको बारेमा प्रशिक्षण गर्नु भएको थियो भने कुमारी बैंक लिमिटेडका सरोज बस्नेतले वित्तीय साक्षरता सम्बन्धी सम्पूर्ण जानकारीको बारेमा सहजीकरण गर्नु भएको थियो।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका गोपाल पौडेल, पदम रिजाल, जय बहादुर बुढा, गढवा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रविलाल आचार्य, खिम बहादुर बुढा, उद्योगी व्यापारी ब्यबसायी पत्रकार लगायतको सहभागिता रहेको थियो।



लाइभदाङ । १ असार २०८३, सोमबार २०:३७ बजे