जेसिज सप्ताहः हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

तुलसीपुर,३ असार ।
तुलसीपुर नगर जेसिस वर्ष २०२६ को वार्षिक कार्यक्रम अन्तर्गत जेसिज सप्ताहको चौथो दिन अन्तर विद्यालय स्तरीय हाँजिरी जवाफ प्रतियोगिता भएको छ । तुलसीपुरको मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुलमा कार्यक्रम आयोजना गरिएको हो ।

अध्यक्ष कमलप्रकाश शर्माको अध्यक्षता तथा तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको हो । त्यस अवसरमा नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष सन्दीप भुसाल, एनप्याप्सन तुलसीपुरका अध्यक्ष सुमन केसी र प्याप्सन लुम्बिनी प्रदेशका निवर्तमान सदस्य बासुदेव रिजालको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रममा तुलसीपुर नगर जेसिसका पूर्व अध्यक्षहरू पूर्णबहादुर डाँगी मोहन सुनार र केशवराज केसीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रतियोगितामा तुलसीपुर क्षेत्रमा सञ्चालित निजी र सामुदायिक विद्यालय गरी जम्मा १९ वटा विद्यालयहरूको सहभागिता रहेको थियो । जसमा अमर मावी कालाखोला प्रथम तुलसी मावि द्वितीय र हिमाल एकेडेमी तृतीय भएका छन् ।

विजेता प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई रु पाँच हजार ३ हजार र २००० नगद पुरस्कारसहित मेडल प्रमाणपत्र र ट्रफी वितरण गरिएको थियो। उक्त कार्यक्रमको संयोजक तुलसीपुर नगर जेसिसका सदस्य सोमराज बस्नेत रहेका थिए । भने कार्यक्रमको सहजीकरण वर्ष २०२६ का महासचिव झग्गुप्रसाद सापकोटाले गरेका थिए ।