महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्नुपर्छ

दाङमा मात्रै होईन्, देशब्यापी रुपमा हरेक बर्ष महोत्सव सञ्चालन हुन्छन् । तर, ति महोत्सवहरुमा स्थानीय उत्पादन न्यून हुन्छ । स्थानीय उत्पादन भन्दा पनि भारतलगायत बाह्य बजारबाट ल्याएका सामानहरु विक्री वितरणमा बढि केन्द्रित भएका हुन्छन् । खासगरि पर्यटन र कृषि उत्पादनलाई बजारीकरण गर्ने भनि महोत्सवको अनुमति हुन्छ । तर, स्थानीय रुपमा के उत्पादन हुन्छ भन्ने कुराको निक्र्यौल छैन । यहाँ उत्पादन भएको चिज बजारीकरणमा टेवा पु¥याउने भनिएपनि हाम्रा महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएको चिज कति बजारीकरण गर्न सकिन्छ, भन्ने कुरामा ध्यान हुँदैन ।

महोत्सवहरु खासमा कमाइ खाने भाँडो जस्तै बनेका छन्। कलाकार ल्याउने, दर्शक भर्ने र त्यसबाट आम्दानी गर्ने तर्फ बढि केन्द्रीत हुन्छन् । हुन त महोत्सव भनेको मनोरञ्जनसंग पनि जोडिने विषय हो । तर, मुख्य केन्द्रविन्दु नै मनोरञ्जन बन्ने गरेका छन् । बाहिरबाटै आउने पिङ, जादु, जलपरिलगायत जे आएपनि सबै बाहिरबाट नै आउने हुन । अधिकांस दर्शकहरु तिनैमा झुम्मिन्छन् । कोही दर्शकहरु बाहिरबाटै ल्याईएका सस्ता कपडा किन्नमा नै झुमिन्छन् । यसले स्थानीय ब्यबसायीलाई मारमा त पारिरहेकै हुन्छ । यस्ता कुरामा ध्यान दिनुपर्छ ।


वर्षभरि महोत्सव लाग्छ । तुलसीपुरकै सन्दर्भमा तुलसीपुर उद्योग बाणिज्य संघ होस् वा तुलसीपुर चेम्वर अफ कमर्श या त घरेलु तथा साना उद्योग महासंघ नै किन नहोस्, उनीहरुले नै यहाँ महोत्सव लगागाउने गर्छन् । तर, आफूहरुले महोत्सव लगाउँदै गर्दा आगामी महोत्सवकालागि यहाँ स्थानीय उत्पादन के गर्न सकिन्छ,बजारको माग के छ, भन्ने कुरामा कत्ति पनि ध्यान छैन । त्यसले गर्दा पनि यहाँका महोत्सवहरुको कृषिको नारा नाम मात्रै सीमित हुने गरेको छ । त्यसैले व्यवसायिक संंस्थाहरुले स्थानीय उत्पादन बढाउन तर्फ पनि ध्यान नदिने हो भने यस्ता महोत्सवहरुको खासै अर्थ रहदैन । यस तर्फ ध्यान दिन आबश्यक छ । साभारः अग्रिम साप्ताहिक