सकारात्मक सोचकालागि ‘अप्टिमिष्ट’

मान बहादुर बस्नेत
हरेक मानिसको जिवन र जगतलाई हेर्ने, बुझ्ने र सोहि अनुरूपको धारणा र जिवन ब्यवहार निर्धारण गर्ने दर्शन रहेको हुन्छ । मानिसलाई सत्य कुरा बुझ्न, सहि दृष्टिकोण वा धारण निर्माण गर्न, मानव समाज रूपान्तरणको लागि मार्गदर्शन गर्न, चिन्तनका आम नियमहरू लागु गर्न, पदार्थ र चेतनाको अन्तरसम्बन्धको अध्ययन गर्न र समाजको बास्तविकता बोध गर्न दर्शनको महत्वपुर्ण भुमिका रहेको हुन्छ । हो यस्तै सकारात्मक दृष्टिकोणद्धारा निर्देशित आशावादी जिवन दर्शनको प्रबर्दन गर्ने उद्देश्यले स्थापित सस्था हो Optimist International.

मानिसले वर्तमान समयमा अत्यन्त ब्यक्तिबादि, ब्यस्त र तनावपुर्ण जिवन बाचिरहेको छ जसले गर्दा एउटा खुसियाली पुर्बक बाच्न सकिरहेको छैन। यस्तो तनावपुर्ण जिवनमा सकारात्मक र आशावादी जिवन दर्शनको अबलन्बन गर्न सके मानिसको जिवन स्वस्थ, आनन्दमय र उर्जाशिल हुन्छ ।

त्यसैले मानव जिवनमा सकारात्मक सोच र आशावादी जिवन दर्शनको अत्यन्त महत्व रहेको छ जसले गर्दा आफ्नो उद्देश्य र गन्तब्यमा पुग्न प्रेरित गर्दछ । आशावादी जिवन दर्शन नै उन्नति र समृद्धिको आधार पनि भएकोले सम्पुर्ण नया पुस्तालाई सकारात्मक सोचको अभिबृद्धि गर्दै एक सक्रिय , सिर्जनसिल, उर्जाशिल नागरिकको रूपमा परिनत गरि मुलुक र समाजको भबिष्य उज्ज्वल बनाउनु आजको आबश्यक्ता हो ।

खासगरी बालबालिका तथा किशोर किशोरीहरूमा सकारात्मक भाबना तथा आशावादी जिवन दर्शनको प्रबर्दन गर्ने पुनित उद्देश्यले स्थापित एक अन्तर्राष्ट्रिय सस्था Optimist International समाज रूपान्तरणमा थुप्रै उल्लेखनीय कार्य गर्दै आइरहेको छ । यसले बालबालिका र विभिन्न समुदायमा आधारित सकारात्मक दृष्टिकोणद्धारा निर्देशित क्रियाकलाप गर्दै आइरहेको छ ।

                                       


बालबालिकाको सर्बान्ङ्गिन विकास गर्न Oratorical Competition, Scholarship Contest,Essay Competition, Sports Leagues जस्ता कार्यक्रमका साथसाथै बालबालिकाको स्वास्थ्यसंग सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । त्यसैगरी मानसिक र शारीरिक अपाङ्गता भएका बालबालिका तथा किशोर किशोरीहरू प्रति लक्षित क्रियाकलाप समेत गर्दै आइरहेको छ। समाजमा मानिसहरूलाई आशा, भरोसा र सकारात्मक सोचको अभिवृदि गर्दै ब्यक्ति, समाज र राष्ट्रलाई नै उत्कृष्टता प्रदान गर्नु अप्टिमिष्टको मुख्य ध्येय रहेको छ ।

विभिन्न सामाजिक क्रियाकलाप र शिक्षामुलक कार्यक्रम गर्दै आइरहेको अप्टिमिष्टले Wellbeing Initiatives अन्तर्गत Positive Education, Constructive Journalism जस्ता विविध बिषयमा वकालत गर्दै आइरहेको छ । यसका साथ–साथै Childhood Health and Wellness, Respect या Law, Promotion या Non-Violence, Youth Safety, Youth Appreciation जस्ता सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ ।

भौतिकवादले गाजेको हाम्रो समाजमा सकारात्मक सोच, माया, दया, करुणा, सदभाव र सेवा भावलाइ आत्मसाथ गर्दै सकारात्मक दृष्टिकोणद्धारा निर्देशित आशावादी जिवन दर्शनको प्रबर्दन गर्दै बालबालिका, किशोर किशोरी तथा युवापिढिको चौर्तफी विकासका निम्ति क्रियाकलाप सञ्चालन गर्दै सम्पुर्ण मानिसहरूमा सकारात्मक जिवनशैलि अपनाउन अभिप्रेरित गर्दै सकारात्मक सोचका साथ आफुलाई परिवर्तन गर्दै जिवनमा रूपान्तरणको आवश्यकता पर्दछ । (लेखक अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष हुन् ।) साभारः अग्रिम साप्ताहिक