दाङ–२ बाट किरण किशोरसहित कांग्रेसका १० उम्मेदवार सिफारिस

काठमाडौं, २४ मंसिर ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ किरण किशोर घिमिरेसहित १० उम्मेदवार सिफारिस गरेको छ ।

बुधबार प्रत्यक्षतर्फ सिफारिस भएकाहरुमा समाजसेवी घिमिरेसहित विमला योगी, भोजराज पाण्डे, खगराज पाण्डे, बम बहादुर डिसी, अनिता देवकोटा, दुर्लभ केसी, विपुल पोखरेल, विष्णु शर्मा र कुलराज खनाल छन् ।

यसैगरी समानुपातिकतर्फ गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरी र विपिन बुढाथोकी सिफारिसमा परेका छन् ।


यसैगरी राष्ट्रिय सभा निर्वाचनका लागि विरकेशरी गौतम, घनश्याम रेग्मी, मोहनलाल वली र नदनकुमार शर्मा सिफारिसमा परेका छन् ।

मंगलबार नै दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ चार उम्मेदवार सिफारिस भएका थिए । दाङ क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिति सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । जेनजी पुस्तालाई समेट्ने गरी प्रतीक्षा चौधरीको नाम पनि सिफारिस गरिएको छ ।

‍यसैगरी समानुपातिकतर्फ दाङ क्षेत्र नम्बर १ बाट ९ जना सिफारिसमा परेका छन् । सिफारिसमा पर्नेहरुमा कृष्णकिशोर घिमिरे, सुशीला चौधरी, देवका बेल्बासे, अनुराग यादव, खिमा अधिकारी, मधुप्रसाद न्यौपाने, खड्गबहादुर विक, कृष्ण गिरी र पवन नेपाली रहेका छन् ।