रूकुम पश्चिममा बालकको मृत्युको घटनामा एक जना पक्राउ

रूकुम पश्चिम, ७ कात्तिक ।
रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बल बहादुर नाथको छोरा ६ वर्षीय रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

भक्त बहादुरले शुक्रबार साँझ ढुङ्गा प्रहार गर्दा रमेश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


गम्भीर घाइते भएका रमेशको जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा थप उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।