
काठमाडौं, २३ मंसिर ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ ।
कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले महामन्त्री थापाको नाम आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गर्ने निर्णय गरेको हो ।
कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीले महामन्त्री थापासँगै अन्य चार जनाको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार रोल्पाबाट महामन्त्री थापसँगै प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा.मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।



लाइभदाङ । २४ मंसिर २०८२, मंगलवार १७:३७ बजे