देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ घाइते

घोराही,१८ भदौ ।
देउखुरी मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रा ३ प ८०१४ नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका–३ गिबरडिहाका कालिचरण चौधरी र सोही ठाउँका मुखिया चौधरी रहेका छन् ।

आज सोमबार बिहान साढे ११ बजे लमही अमिलिया सडक खण्ड अन्तर्गत धवारी जाने बाटो नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।


घाइतेमध्य चालक कालिचरणको अवस्था गम्भीर रहेको र अर्का घाइतेको अवस्था सामान्य रहेको छ । उनीहरुको उपचार अहिले लमही अस्पतालमा भैरहेको छ ।