प्रतिनिधिसभा निर्वाचन : दाङ क्षेत्र नं.१ बाट कांग्रेसका नेता चौधरीसहित ४ जनाको नाम सिफारिस

देउखुरी,२३ मंसिर ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिति सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्मा र जेनजी पुस्तालाई समेट्ने गरि प्रतीक्षा चौधरीको नाम सिफारिस भएको हो ।


नेपाली कांग्रेस क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा मंगलबार दाङको लमहीमा बसेको बैककले उम्मेदवार सिफारिस गरेको हो । समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ ।

कृष्णकिशोर घिमिरे, सुशीला चौधरी, देवका बेल्बासे, अनुराग यादव, खिमा अधिकारी, मधुप्रसाद न्यौपाने, खड्गबहादुर विक, कृष्ण गिरी र पवन नेपाली उम्मेदवार सिफारिस भएका हुन ।