राप्ती पुलबाट नदीमा हाम फालेका एक युवकको सकुशल उद्बार

 भालुवाङ, ५ कार्तिक ।
दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक स्थित राप्ती पुलबाट नदीमा हाम फालेका एक युवकको सकुशल उद्बार गरिएको छ । सोमबार पौने ४ बजेको समयमा जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नं. ६ निवासी १६ वर्षिय दिवस श्रेष्ठले राप्ती नदीमा हाम फालेका थिए ।

अर्घाखाँची जिल्ला शितगंगा नगरपलिका वडा नं.८ सातमारा राप्ती नदी किनारमा लागेको मेलामा पिङ सम्बन्धी काम गर्न आएको श्रेष्ठले पुर्व-पश्चिम राजमार्गको राप्ती पुलबाट राप्ती नदिमा हाम फालेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले सकुशल उद्दार गरी उपचारको लागि भालुबाङ अस्पतालमा पठाएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।


नदीमा हाम फालेका श्रेष्ठको बाँया खुट्टा भाँचिएको प्रहरीले बताएको छ । मेलामा सामान्य विवाद भएको र उनी अत्यधिक मादकपदार्थ सेवन गरेर मातेका कारण नदीमा हाम फालेको हुन सक्ने प्रहरीले बताएको छ ।