जेसिजले दियाे विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर, २७ जेठ । तुलसीपुर नगर जेसिजले विपन्न बिद्यार्थीहरूलाइ शैक्षिक सामग्री सहयाेग गरेकाे छ । जेसिज सप्ताह अन्तर्गत मंगलबार तुलसीपुर २ स्थित बालापुर माबिमा अध्ययनरत विद्यार्थीहरूलाई कपी, ज्यामिती बक्स, भलिबललगायतका सामग्री वितरण गरिएकाे हाे ।

अध्यक्ष सन्दिप भुषालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक बहादुर केसीले विपन्न विद्यार्थीहरूलाई यसले हाैसला प्रदान गरेकाे बताए । सरकारी तथा गैर सरकारी निकायहरूकाे सहयाेगले नै बिद्यार्थीहरूलाई सहज बनाउने उनकाे भनाई थियाे ।

कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष माेहन सुनारले विपन्न विद्यार्थीहरूलाई पठन पाठनमा सहज हाेस्, भनि शैक्षिक सामग्री प्रदान गरिएकाे बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश खड्कालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


त्यस अवसरमा ५० बिद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएकाे थियाे । उपाध्यक्ष वसन्त याेगीले आस्थापाठ गराएकाे कार्यक्रममा कार्यक्रम संयाेजक सुदिप केसीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

जेसिज सप्ताहका मुल संयाेजक केशवराज न्याैपानेले साप्ताहिक कार्यक्रमकाे बारेमा जानकारी दिएका थिए, भने सहजीकरण महासचिब बुद्धि सापकाेटाले गरेका थिए । सप्ताह अन्तरगत याे चाेथाै कार्यक्रम हाे ।