
दंगीशरण, २१ मङ्सिर ।
दंगीशरण गाउँपालिका–७ मा अतिरिक्त मतदान केन्द्र थप गर्ने प्रस्ताव जिल्ला प्रशासन कार्यालयले सदर गरेको छ।
वडा अन्तर्गतका सिम्ठाना, सिम्ठानी र कोइराला डाँडाका मतदाताले बुटनियास्थित जनता माध्यमिक विद्यालयसम्म पुग्न दुई वटा बूथ केन्द्र पार गर्नुपर्ने कठिनाइलाई मध्यनजर गर्दै नयाँ केन्द्रको सिफारिस गरिएकोथियो ।
गाउँपालिकाको नियमित पहलमा रात्री आधारभूत विद्यालय, सिम्ठानामा नयाँ मतदान केन्द्र स्थापना गर्न प्रस्ताव पेश गरिएको थियो। उक्त प्रस्ताव निर्वाचन आयोगको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकमा अनुमोदन भएको गाउँपालिकाले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार नयाँ मतदान केन्द्रमा कम्तीमा ७०० मतदाता हुने व्यवस्था गर्नुपर्नेछ। केन्द्रमा पर्ने मतदाताको नामावलीलाइ सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेर सिफारिस गारीएकोथियो ।
नयाँ मतदान केन्द्र स्थापना भएपछि सिम्ठाना सिम्ठानी र कोइराल डाडाका बस्तीका स्थानीयहरुले सहज रूपमा मतदान गर्न पाउने अपेक्षा गरिएको छ।



लाइभदाङ । २२ मंसिर २०८२, आईतवार २१:२७ बजे