पसल चोरी गर्ने उद्देश्यले गोली प्रहार

दाङ, २० मंसिर ।
दाङको लमहीमा गोली चलेको छ।

लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलेको प्रहरीले जनाएको छ।


पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ।

घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिएका छन्।