दाङमा जंगली च्याउँ खाँदा ३ वर्षीय बालक बिरामी

दाङ, ९ साउन ।
दाङमा जंगली च्याउँ खाँदा ३ वर्षीय बालक बिरामी परेका छन् । दंगीशरण गाउँपालिका वडा नंं ७ सिमठाना निवासी बजारु चौधरीको श्रीमती रामप्यारी चौधरीले नजिकैको जंगलबाट नाम नखुलेको च्याउँ ल्याएर आफ्नो नातीसंग खाँदा उनको ३ वर्षिय नाती अमित चौधरी बिरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

मंगलबार बिहान पौने १ बजेतिर बालक बिरामी भएपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएका थिए । बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।