बिकाश पुनलाई दाङ ल्याइयो

तुलसीपुर 
४ माघ / ठगी आरोपमा पक्राउ परेका गुन्डा नाइके विकास पुनलाई दाङ ल्याईएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनलाई आज(मंगलबार) विहान काठमाडौंबाट दाङ ल्याईएको हो । पुनलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुनधारामा पक्राउ गरेको थियो ।


पुनलाई उनकै कारमा दाङ ल्याईएको हो । कपिलबस्तुको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

थापाले पुन विरुद्ध ४९ लाख ५० हजार गठीको आरोप लगाएका छन् । पुन घोराही १५ निवासी हुन् ।