
रोल्पा, १६ मंसिर । रोल्पामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–६ थुम्का निवासी ५७ वर्षीय भरत बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
शनिबार घाँस काट्न जंगल गएको अवस्थामा भिरबाट लडेर घर्ती गम्भीर घाइते हुनुभएको थियो ।
घाइते घर्तीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घटनाको बारेमा गएराती साढे ९ बजेको समयमा प्रहरीलाई जानकारी प्राप्त भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । १७ मंसिर २०८२, मंगलवार १०:४४ बजे