दाङमा आचारसंहिता पालना गर्न प्रशासनको अपिल

तुलसीपुर, ७ बैशाख ।

जिल्ला प्रशासन कार्यालय दाङले निर्वाचन आचारसंहिता पालना गर्न सवैमा अपिल गरेको छ । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले एक सुचना जारी गर्दै जिल्लामा टेण्डर स्वीकृत भएका बाहेक अन्य प्रक्रिया (अमानत आदी) बाट नदीजन्य पदार्थहरु उत्खनन् तथा ओसारपसार नगर्न आग्रह गरिएको छ ।


यस्तैगरी प्रदेश तथा पालिका अन्र्तगतका सरकारी कार्यालयका अत्यवश्यक सवारी साधन बाहेक अन्य सवारी साधन कार्यालय समय अवधीमा मात्रै प्रयोग गर्न जारी सुचनामा भनिएको छ । कार्यलय समय भन्दा अन्य समयमा प्रयोग नगर्न भनिएको छ । यस्तैगरी सरकारी सवारी साधनमा जिल्ला बाहिर जानु पर्नेमा प्रशासनबाट अनुमती लिनु पर्ने जारी सुचनामा उल्लेख गरिएको छ ।