
गिरिराज नेपाली
घोराही, १ जेठ ।
मुलुकको परिवर्तन र संविधानको रक्षाका लागि एमाले बाहेकका कम्युनिष्ट साना दलहरुको एकता सम्भव रहेको नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका ईन्चार्ज चक्रपाणी खनालले बताउनुभएको छ । वाईसिएल नेपाल लुम्विनी प्रदेशको दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेता खनालले यस्तो बताउनुभएको हो ।
वाईसिएल नेपाल लुम्विनी प्रदेशका संयोजक मुकेश थापाको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन गर्दै नेता खनालले मुलुकको परिवर्तनकारी शक्तिहरुको टुटफुटले जनयुद्ध र जनआन्दोलनले प्राप्त गरेको उपलब्धी खतरामा रहेकाले साना कम्युनिष्ट घटकहरुको एकता आवश्यक रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो–‘ माधव जी, विप्लव जी, बैद्य जी, बाबुराम जी र मधेसवादी दलहरु एक ठाउँमा उभिएर समाजवादको यात्रालाई गन्तव्यसम्म पुु¥याउने साझा संकल्पको गर्न सक्छौं । ’ जसका लागि विधि नीतिभन्दा स्पष्ट भएर अघि बढ्नुपर्छ ।
नेता खनाले मुलुक परिवर्तनको नेतृत्व गरेको माओवादीले अहिले टुटफुट चपेटामा रहदा पनि मुलुकलाई शुसासन कायमका लागि सानो शक्तिका रुपमा देखिए पनि नाममा भन्दा परिणाममा ठूलो उपलब्धी हात परेकाले अब पुनः नेपाली जनताले ०६४ स्मरण गर्दै ०८४ माओवादी जित पक्का बनाउन पनि नेता कार्यकर्ता सामाजिक सेवा र सद्भाव सहितको राजनीतिक विचार र एजेण्टा लिएर गाउँ फर्किन निर्देशन दिनुुभयो । उहाँले थप्नुुभयो–‘ ०६४ कच्चा थियो, ०८४ पक्का गराउनुस् । अब हामीलाई हाम्रो समाजवादको यात्रावाट पछि फर्किने छुट छैन । ’ नेता खनालले कम्युनिष्छ दल नेकपा एमाले भएपनि विचार, सिद्धान्त र कर्म एमालेको तानाशान, देशद्रोही व्यवहारले नेपाली जनताले माओवादी रोज्नुुपर्छ भन्ने मानसिकता पैदा भएकाले माओवादीको जनलहर थपिदै गइरहेको चर्चा गर्नुभयो ।
नेता खनालले मुलुकमा अहिले स्वरोजगारमुखी लगानीको अवस्थाको सिर्जना हुन नसक्नुमा युवाहरुको पलायनको परिणाम हो । वाईसिएलले मुलुकमा लगानी अवस्था सिर्जना गर्न सहि नीति कार्यक्रम उत्पादन गरी युवाहरुमा सकारात्मक सोच पैदा गर्नमा अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो । त्यसमा ठोस योजना र कार्यक्रमका लागि सम्मेलन केन्द्रीत हुन समेत उहाँको आग्रह थियो ।
कार्यक्रममा वाईसिएल नेपालका फ्याक्सन ईन्चार्ज रामप्रसाद सापकोटाले माओवादीको नीति र विधिमा मुलुक चलेकाले उक्त नीति र विधिमा ठोस योजना कार्यक्रम सहित अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘ विचार भावना चल्दैन, भावना व्यवहारमा परिवर्तन गर्न सकिदैन । वाईसिएले त्यो जसले विचार व्यवहार व्यवहारमा देखाउन सक्छ । ’
कार्यक्रममा विशिष्ट अतिथि वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष सुबोधराज शेरपाईलीले वाईसिएल सक्षम, बौद्धिकवान र उर्जावान युवाहरुको समूह रहेकाले त्यो युवाहरुको शक्ति अब उत्पादनमुखी र आत्मनिर्भर देशका लागि खर्चिनुुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो–‘ वाईसिएल राजनीतिक विचार र दर्शन सिद्धान्तसँगै व्यवस्था अनुरुपको अवस्था सुधारका लागि सामाजिक सेवामा तलिन हुनुपर्छ ।’ जसले मुलुकलाई समृद्ध र वाईसिएललाई सबल बनाउन सक्ने उहाँको धारणा थियो ।
कार्यक्रममा नेकपमा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा माओवादी केन्द्र लुम्विनी अध्यक्ष सुर्दशन बराल, नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज निर्मल आचार्य, वाईसिएल नेपालका केन्द्रीय उपाध्यक्षद्वय ज्ञानेन्द्र बहादुर गुरुङ,ज्ञान बहादुर ढुङ्गाना लगायतका नेता कार्यकर्ताहरुले शुुभकामना मन्तव्य राख्नुभएको थियो ।
वाईसिएल नेपालको लुम्विनी प्रदेशका सह–संयोजक कृष्ण सारुको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण वाईसिएलका नेता अनिल शेरपाईलीले गर्नुभएको थियो ।



लाइभदाङ । २ जेष्ठ २०८२, बिहीबार २१:४७ बजे