
तुलसीपुर, १२ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ श्रीगै स्थित मेरिगोल्ड इग्लिस बोर्डिङ स्कुलमा‘मेरिगोल्ड डान्सिङ स्टार’ भएको छ । सिजन ४ को डान्सिङ स्टारको शुक्रबार समापन गरिएको हो । कक्षा १ देखि ५ सम्मका जुनियर समूह र कक्षा ६ देखि १० सम्मको सिनियर समूह गरि दुई समूहमा विभाजन गरेर डान्सिङ स्टार गरिएको हो । जसमा प्रि अडिसन, मिनि अडिसन, मेघा अडिसन पछि शुक्रबार फाइनल अडिसन भएको थियो ।
सिनियर तर्फ प्रथम करुणा वली भएकी थिइन । उनलाई ट्रफि, प्रमाणपत्र र १० हजार रुपैँया पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै द्धितिय योजना रिजाललाई ७ हजार, तृतिय विकेश विकलाई पाँच हजार, चौथो सितल विकलाई एक हजार पाँचसय र पाँचौ दिया केसीलाई एक हजार रुपैँया पुरस्कार प्रदान गरिएको थियो भने सबैलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
त्यस्तै जुनियस तर्फ सस्कृति केसी प्रथम भएकी थिइन । उनलाई ट्रफि,प्रमाणपत्र र सातहजार पाँचसय रुपैँया पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै द्धितिय जिसिका थापालाई पाँच हजार, तृतिय सरगम रिजाललाई तीन हजार पाँचसय, चौथो जस्लिन छन्त्याललाई एक हजार पाँचसय र पाँचौ अनुष्का विकलाई एक हजार रुपैया पुरस्कार प्रदान गरिएको थियो ।
उनीहरु सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । विद्यालय सञ्चालक समितिका सदस्य रञ्जना लामिछानेको अध्यक्षतामा कार्यक्रम गरि पुरस्कार हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा लामिछानेले विद्यार्थीहरुको चौतर्फी विकासकालागि यस्ता कार्यक्रम गर्दै आएको बताईन् । विद्यालयले पछिल्लो प्रत्येक बर्ष डान्सिङ स्टार आयोजना गर्दै आएको छ । जसको निर्णायकमा प्रकाश घिमिरे, सुलभ पौडेल, सपना खड्का र सुष्मा जीसी रहेका थिए ।



लाइभदाङ । १३ मंसिर २०८२, शुक्रबार २२:०० बजे