
तुलसीपुर,२६ असार ।
दाङको तुलसीपुरमा दृष्टिविहीन बालबालिकाहरुकालागि छात्रबास निर्माण सुरु भएको छ । उक्त छात्रबासको शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सिलन्यास गर्नुभएको हो । त्यस अवसरमा उहाँले सुस्तश्रवन भएका बालबालिकाहरु समाजमा फरक क्षमताका बालबालिका भएकाले उहाँहरुकालागि छात्रबासकालागि बजेट छुट्याएर काम सुरु गरेको बताउनुभयो । उक्त भवन ५० लाख ७९ हजार लागतमा श्री गणपति निर्माण कम्पनीले ठेक्का पाएको छ । आगामी बर्षको जेठ मसान्तमा सक्ने गरि उक्त कम्पनीले ठेक्का पाएको हो ।
दाङको तुलसीपुरमा राप्ती बहिरा संघले मातृभाषाको ज्ञान र शिक्षा चाहिन्छ भन्ने हेँतुले २०७० सालमा ४५ जना सुस्तश्रवन बालबालिकालाई संकेतिक भाषाबाट पढाउन थालेको थियो । राप्ती बिद्या मन्दिरबाट पढाई सुरु भएको थियो । त्यसपछि प्रावी श्रीगै र माबी रक्षाचौर हुँदै हाल माबि अश्वारामा सुस्तश्रवन भएका बालबालिकाहरुलाई पढाउदै आईएको छ ।
हाल छात्रावासमा करिब ८२ जना र भाडामा बस्ने गरि जम्मा १४० जना जति बालबालिकाहरु माबी अश्वारामा पठनपाठन हुँदै आएको राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्माले बताउनुभयो । अहिले उनीहरुलाई भाडाको घर लिएर छात्रबासमा राख्ने गरिएको छ ।



लाइभदाङ । २६ असार २०८३, शुक्रबार २०:०३ बजे