बंगलाचुली गाउँपालिकामा चट्याङ लागेर एकै घरका २ जना घाईते

दाङ, ३१ असार ।
दाङको बंगलाचुलीमा अविरल वर्षासंगै आज तिनवटा घरमा चट्याङ परेको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ५ को दमदमे,तल्लो मुर्कुटी र वडा नम्वर ६ को सुकिदहका तिन वटा घरमा चट्याङ परेको हो ।

दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को दमदमेमा चट्याङ लागेर एकै घरका २ जना घाईते भएका छन् । चट्याङ लागेर बंगलाचुली गाउँपालिका वडा नम्वर ५ दमदमे निवासी २७ वर्षिया तुलसी वली र १२ वर्षिया वर्षा वली घाईते हुनु भएको छ ।

आज दिउसो करिव ३ वजे तिर अविरल वर्षा संगै परेको चट्याङ लागेर उहाँहरु घाईते हुनु भएको स्थानिय मान बहादुर वलीले जानकारी दिनुभयो । घाईते दुबै जनालाई उपचारका लागि राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा लागिएको छ ।


दिउसोको समयमा घरमा बसिरहेको बेला घरमा चट्याङ पर्दा उहाँहरु घाईते हुनुभएको हो । चट्याङले घरमा समेत क्षती पुर्याको बताईएको छ । चट्याङलागेर घरका अन्य सदस्यहरु समेत वेहोस भएको तर अहिले उहाँहरु होसमा आएको र स्वास्थ्य अवस्था सामन्य रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

यस्तै बंगलाचुली गाउँपालिका वडा नम्बर ६ सुकिदह निवासी भिम बहादुर जिसीको घर र बंगलाचुली गाउँपालिका वडा नम्वर ५ तल्लोमुर्कुटी निवासी शिरुमणी वलीको घरमा पनि चट्याङ परेको छ ।चट्याङ लागेर घरमा सामान्य क्षती पुगेको छ भने सरका परिवार सामन्य घाईते हुनुभएको छ ।