
तुलसीपुर, १२ मंसिर । दाङको नारायणपुर स्थित भिएफएक्स सिनेमाको हल तुलसीपुरमा पनि बन्ने भएको छ । तुलसीपुरमा कराई इभेन्ट र भिएफएक्स सिनेमाको संयुक्त लगानीमा हल निर्माण हुने भएको छ ।
नारायणपुर जस्तै सुविधासम्पन्न हल बनाउन लागेको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । प्रालिका सञ्चालक विजय रावतका अनुसार कराई इभेन्टसंगै सटेको जग्गामा हल बनाउन लागेको हो ।
त्यसकालागि सम्पूर्ण प्रक्रिया पूरा भइरहेको उनले बताए । ५ सय सिट क्षमता भएको हल सञ्चालन गर्ने तयारी रहेको उनले बताए । आगामी दशैसम्म उक्त हल सञ्चालन गरि सक्ने लक्ष्य रहेको उनले बताए ।
तुलसीपुरमा हल सञ्चालन गरेपछि यसले तुलसीपुर देखि पश्चिम क्षेत्रका नागरिकलाई फिल्म हेर्नकालागि सहज हुने आयोजकको अपेक्षा रहेको छ । तुलसीपुरमा यस अघि दुई वटा हल थिए । तर, ति हल अहिले बन्द अबस्थामा छन् । पछिल्लो समय तुलसीपुरमा फिल्म हल सञ्चालनकालागि अन्य समूहले पनि तयारी गरेको बुझिएको छ ।



लाइभदाङ । १३ मंसिर २०८२, शुक्रबार १८:३१ बजे