अप्टिमिष्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा डीसी

तुलसीपुर, ८ मंसिर । अप्टिमिष्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा नोवेल डीसीलाई चयन गरिएको छ । बर्ष २०२५÷०२६ का लागि डीसीलाई अध्यक्षमा चयन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा मेघराज पोख्रेल र विष्णु योगी, उपाध्यक्षमा डम्बर डाँगी, महासचिबमा दिपक बोहरा, कोषाध्यक्षमा केश कुमार खड्का र सचिबमा स्मृति योगीलाई चयन गरिएको छ ।

त्यस्तै डाइरेक्टरमा मनोज हमाल, निर्मला डाँगी, पार्लियामेन्टेरियनमा मेघराज घिमिरे र पब्लिक रिलेशन अफिसरमा घनश्याम डाँगीलाई चयन गरिएको छ । बर्ष २०२५÷०२६ कालागि नयाँ कार्य समिति चयन गरिएको हो । त्यस्तै सल्लाहकारहरुमा विष्णु प्रसाद देवकोटा, गिरिराज डाँगी, नबराज भण्डारी, सूर्यप्रसाद शर्मा र झरेन्द्र खरेललाई चयन गरिएको छ ।


शनिबार एक कार्यक्रमकाबीच पदहस्तान्तरण गरिएको हो । बर्ष २०२४/०२५ का अध्यक्ष एकराज भण्डारीको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि अधिकारीले अप्टिमिस्ट क्लबले समाजमा आशाका किरणहरु छरिरहेको बताए । उनले क्लबलाई एक सय अमेरिकी डलर समेत सहयोग गरेका थिए ।

त्यस अवसरमा क्लबका संस्थापक अध्यक्ष मानबहादुर बस्नेतले समाजलाई सकारात्मक मार्गमा हिडाउन यो क्लबको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
त्यस्तै नयाँ कार्य समितिलाई मावि दोघरेका प्रधानाध्यापक सुनिता यादव, सल्लाहकार विष्णु प्रसाद देवकोटालगायतले बधाई ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण बर्ष २०२४÷०२५ का महासचिब मेघराज पोख्रेलले गरेका थिए ।