लैङ्गिक समानताकालागि निती कार्यान्वयन अपरीहार्य उपाध्यक्ष : खड्का

प्रमोद आचार्य,
दंगीशरण, २१ फागुन ।
दंगीशरण गाउँपालिकाको आयोजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण निती कार्यान्वयनका लागी १ दिने अभिमुखिकरण गोष्ठी दंगीशरण गाउँपालिकाको शभाहलमा सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्काको सभापतीत्व तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यताम अभिमुखिकरण सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले लैङ्गिक समानताका लागी बनेका नितीहरुको कार्यान्वयननै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।आफु निर्वाचित भए पश्चात देखीनै महिलाहरुको सवालमा आफु नितीगत निर्णयनै गरेर अगाडी बढेकाले पनि समानता तथा सामाजिक समावेशिकरणमा आफु दृढ रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा खड्काले आफु निरन्तर महिलाहरुको मुद्दा उठान गर्दै महिलामाथि हुने विभेद तथा महिला हिंशाको अन्त्यका लागी लागीपरेको बताउनुभयो ।


भौतिक पुर्वाधारकोविकासलाई मात्रै सम्पुर्ण विकास नठानि बिकसित पालिका र समृद्ध दंगीशरण बनाउन पनि मानविय बिकासको आवश्यकता रहेको बताउनुभयो ।अर्को प्रसङ्गमा उपाध्यक्ष खड्काले दिगो विकास लक्ष्य पुरा गर्न र पालिकाको योजना तर्जुमा प्रक्रियालाइ लैङ्गिक समानता तथा सामाजिक समावेसीकरण मैत्री बनाउन पनि निती कार्यान्वयन अपरीहार्य रहेको बताउनुभयो ।

पालिका भित्र रहेका जनप्रतिनिधि तथा वडा सचिबहरु सहित दिएको अभिमुखिकरण कार्यक्रममा महिला मानब अधिकार रक्षक संजाल दाङकि सुष्मा गिरीले लैङ्गिक समानताका चुनौती ,तथा निती कार्यान्वयनका समस्याहरुका बिषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।कार्यक्रमको सहजीकरण महिला बालबालिका साखा दंगीसरणकी महिला विकास निरीक्षक चन्द्रा वलिले गर्नुभएको थियो ।