राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं १९ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी  राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

अध्यक्षका प्रत्यासी कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । काठमाडौंमा भइरहेको राप्रपाको एकता महाधिवेशनमा भएको निर्वाचनमा लिङ्देन विजयी भएका हुन् ।


लिङ्देन १ हजार ८१७ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी थापाले १ हजार ६१७ मत ल्याए ।

महाधिवेशनमा ४ हजार ४ सय मतदाता रहेका थिए ।