
प्यूठान ,७ असोज । नुहाउन झिमरुक नदीमा गएकी बालिका बेपत्ता भएकी छन् । झिमरुक गाउँपालिका–८ गोब्दीका पिमबहादुर सामतकी १० वर्षीया छोरी खुशी सामतको नुहाउने क्रममा नदीले बगाउँदा बेपत्ता भएकी हुन् ।
झिमरुक-७ स्याउलीघारीस्थित झिमरुकमा पौडी खेल्ने क्रममा खुसीलाई बगाएका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नदीले बगाएकी खुशीको इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी र स्थानीयले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशव केसीले जनाए ।



लाइभदाङ । ७ आश्विन २०८२, मंगलवार २०:५२ बजे