
तुलसीपुर, ७ मङ्सिर । निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले शिक्षा विद्येयकमा प्रमुख राजनीतिक दलका नेताहरु सकारात्मक हुँदा पनि अगाडी बढ्न नसकेको बताएका छन् ।
प्याब्सन तुलसीपुरको शनिबार भएको सातौ साधारणसभालाई सम्बोधन गर्दै उनले निजि विद्यालयहरु कम्पनीका नाममा यथावत हुने कुरा रहेको बताए । “निजि विद्यालय प्रालिमै रहने हुरा थियो”,उनले भने“यसले हामी मरेर जाँदा पनि छोराछोरीको नाममा हुने थियो, यो खुसीको कुरा थियो ।”
छात्रबृतिको कुरामा पनि सकारात्मक कुरा आएको समेत उनले बताए । यसमा एमाले, माओवादी केन्द्र, काँग्रेससहित राजनीतिक दलका प्रमुख नेताहरु सकारात्मक रहेको उनले बताए । तर,पनि पारीत हुन नसकेको उनले बताए । निजि विद्यालय शिक्षा क्षेत्रमा खेलेको भूमिकाको सरकारले सकारात्मक रुपमा लिनुपर्ने बताए । सामुदायिक विद्यालयमा राज्यले लगानी खन्याएको भएपनि उल्लेख्य रुपमा उपलब्धी हासिल गर्न नसकेको समेत उनको भनाई थियो ।
त्यस्तै विशिष्ट अतिथि केन्द्रीय सहध्यक्ष गोपाल प्रसाद आचार्यले नेपालमै १२ कक्षासम्म पढाउन सकिने भएपनि बाहिर जाने गरेको भन्दै यसमा पनि विद्यार्थीहरुलाई बुझाउन आबश्यक रहेको बताए ।“हामीले नेपालमै कक्षा १२ सम्म क्वालिटी एजुकेशन दिन सक्छौं”,उनले भने“ इन्टरनेश्नल मापदण्डको शिक्षा नेपालमै दिन सक्छौं, तर, हामीले रोक्न सकिरहेका छैनौं ।”
प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेलगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा कोषाध्यक्ष युवराज डाँगीले आर्थिक प्रतिवेदन पेश गरेका थिए, भने सचिब कमल सापकोटाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । प्याब्सन तुलसीपुरमा ४१ वटा मावि र ५ वटा आधारभूत गरि ४६ वटा विद्यालय आबद्ध रहेका छन् ।
यी शान्तिनगर, बबई र दंगीशरण समेतका विद्यालय हुन् । उपाध्यक्ष विष्णु योगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब कमल सापकोटाले गरेका थिए ।



लाइभदाङ । ८ मंसिर २०८२, आईतवार २०:२० बजे