रोल्पामा चक्कु प्रहारबाट एकजनाको मृत्यु

रोल्पा, ६ साउन ।
रोल्पाको लिबाङमा धारिलो हतियार चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलबस्तु घर भइ रोल्पा नगरपालिका–४ खाद्य टोलमा शनि ग्यारेज संचालन गर्दै आएका २९ बर्षिय शनि भनेर चिनिने सुनिल पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार शनिबार राती ९ बजेको समयमा सुनिलसहित सोही ग्यारेजमा काम गर्ने थवाङका १६ वर्षीय अनिल पुनमगर र दाङको राप्ती गाउँपालिका–१ पाखापानि घर भई हाल रोल्पा नगरपालिका–४ मा नेपाल अटो वर्कशप संचालन गर्दै आएका ३३ वर्षीय कृष्ण बहादुर अधिकारीमाथी चक्कु प्रहार भएको हो ।


घाइते ३ जना मध्य सुनिलको उपचारकै क्रममा मृत्यु भएको र अन्य दुईजनाको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । रोल्पा नगरपालिका–९ गर्पाका २८ बर्षिय मदन रोकामगर लगायतको समुहले उनीहरुमाथी चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न केही व्यक्तिहरु पक्राउ परेको र अन्यको पनि खोजी भइरहेको प्रहरीको भनाई छ ।