रुखबाट लडेर महिलको मृत्यु

तुलसीपुर, ७ माघ । दाङमा रुखबाट लडेर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाकी एक महिलाको मृत्यु भएको छ ।

शनिवार बेलुका घर नजिकैको जंगलमा रुखवाट लडेर ६५ वर्षिया शितली कुसारीको मृत्यु भएको उहाँकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिए ।

बेलुका ७ बजेतिर स्याउला काट्न भनि जंगल गएकी शितली अवेर सम्म घर नआए पछि परिवार र छिमेकी जंगल खोज्न जादा घाईते अवस्थामा फेला पारेको थियो ।


उहाँको तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगंज लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको हो ।