एनप्याव्सन दाङद्वारा जिल्ला स्तरी हाँजिरी जवाफ

तुलसीपुर
२४ भदौ / एनप्याव्सन दाङको आयोजनामा आज जिल्ला स्तरिय हाजिरि जवाफ तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान गरिएको छ । एनप्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारी र ज्ञान ज्योति माविका सिईओ सुरेन्द्र जीसीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

ज्ञान ज्योति माविमा भएको हाजिरि जवाफ प्रतियोगितामा अमृत एकाडेमी शान्तिनगरका सुवर्ण विष्ट र निश्चल पाण्डेको समूह प्रथम भएको छ । त्यस्तै डिभाईन टेम्पल एकाडेमी तुलसिपुर ६ का शुलभ रावत र जेनिसा बीसीको समूह द्धितिय, जनपृय ईगलिस स्कुल वालापुरका साजन गिरी र रोजिना चौधरीको समूह तृतिय भएको छ ।


त्यसैगरि प्रतियोगितामा सान्त्वना स्थान लोकपृय विद्या मन्दिर शान्तिनगरका किरण रावत र सोनु खडकाको समूह भएको छ । ोहि अवसरमा एसईई परीक्षा २०७८ मा नेशनल प्याव्सन दाङमा आवद्ध विद्यालय मध्येवाट सवैभन्दा धेरै जीपीए ३.९५ सहित उत्तीर्ण हुने ज्ञान ज्योति माविका छात्रदय सुवास वली र रिक्कि बाबू भट्टराई तथा छात्रा तर्फ समेत३.९० जिपिय सहित उत्तीर्ण हुने सोहि विद्यालयका निशा योगी र मुना शर्मालाई सम्मान गरिएको थियो ।
त्यस्तै एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल ज्ञान ज्योति माविलाई समेत सम्मान गरिएको थियो ।

प्रतियोगितामा प्रथम,द्धितिय ,तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा एनप्याव्सन प्रदेस नंं.५ का सदस्य केपी न्यौपाने लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । एन प्याव्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।