प्रतिष्ठानबाट औषधि र ल्याब जाच बाहिर पठाएको प्रमाणसहित उजुरी आए कारबाही गर्ने रजिस्ट्रारले दिए चेतावनि

दाङ, ३ मंसिर । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको फार्मेसिमा औषधि र ल्याब सेवाका जाचहरु हुँदा हुँदै बाहीर महङ्गाे मुल्यको सेवा लिन पठाउन बिरामिलाइ बाध्य पार्नेप्रति प्रतिष्ठानले कठाेर निति अघि सारेको छ ।

प्रतिष्ठानमा एमबिबिएसको र एमडि एमएस र नर्सिङ पढाई हुँदा राम्रो शन्देश गइरहेको बेला अस्पताल भित्रबाट नै बाहिर औषधि किन्न र ल्याब सेवाका जाचहरु बाहिर पठाउने गरेको बिरामीबाट प्रमाणसहित गुनासो आईरहेकाले यस्ता गतिबिधिलाई निरुत्साहित गर्न कारबाही गर्ने र सेवाबाट हटाउनेसम्म निति प्रतिष्ठानले अघि सारेको हो ।


प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामी पक्ष प्रमाणसहित आए कारबाही गर्ने चेतावनि दिएका छन । उनले अस्पतालको निति नियमम नबस्ने चिकित्सक, नर्स, कर्मचारी कानुनि दायरामा आउने पनि बताए ।