खोलामा डुबेर वेपत्ता यवकको तीन दिनपछि शव फेला

दाङ, १२ साउन ।
दाङमा खोलामा डुवेका युवकको शव तीन दिनपछि फेला परेको छ। घोराही–७ शुक्रबारे स्थित जंगुवा खोलामा डुवेका घोराही-१० का २८ वर्षका सुनिल पुन मगरको शव शुक्रबार दिउसो फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलबार खोलामा माछा मार्न गएका पुन खोलामा डुवेर वेपत्ता हुनुभएको थियो । मृतक सनिलको शव घटनास्थलदेखि ३०० मिटर तल फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।