देउखुरीमा माइक्रोबसको ठक्करबाट एक जना घाइते

सिसहनियाँ, ४ पुस ।
दाङको देउखुरीमा माइक्रोबसको ठक्करबाट एक जना बृद्व गम्भीर घाइते भएका छन् । घाइते हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँका अन्दाजी ७० वर्षिय वृद्ध ठागुराम चौधरी रहेका छन् ।

बिहीबार साझ ६ः४५ बजेको समयमा राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारमा बाटो क्रस गरिरहेका वृद्वलाई भालुवाङ देखि लमही जाँदै गरेको रा १ ख ८०३ नम्बरको माइक्रो बसले ठक्कर दिएको थियो ।


बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।