संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र अहिलेको आवश्यकता: धिताल

अनिल अधिकारी
दाङ, ३ मंसिर ।
नेपाली कांग्रेस दाङका यूवानेता एवं नेविसंघ दाङका पूर्व अध्यक्ष राजकुमार धितालले संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र अहिलेको आवश्यकता भएको वताएका छन् ।

महामानव विशेश्वरप्रसाद कोइरालाको भनाईलाई स्मरण गर्दै नेका दाङ जिल्ला सदस्य समेत रहेका धितालले एक साक्षात्कार कार्यक्रममा सो कुरा बताएका हुन । विश्व भू राजनितिको असर नेपालमा परेको र यसले दिर्घकालिन असर नेपाल र नेपालीलाई पर्ने उनको भनाइ छ।

२००४ सालमा स्थापना भएको नेपाली कांग्रेसले राणा र पंचायती व्यवस्था विरुद्ध गरेको संघर्षका कारण नेपालमा प्रजातन्त्र स्थापना भएको वताउदै अहिले प्रजातन्त्र माथि देशी, विदेशी शक्तिको गिद्धे दृष्टि परेकोले नेपाललाई सार्वभौम राष्ट्र वनाउन पुनः कांग्रेसले आट गर्नुपर्ने उनले बताए।

देशको सार्वभौम माथि खतरा भएको महसुस गर्दै महामानव विशेश्वरप्रसाद कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको र संवैधानिक राजसंस्था सहितको प्रजातन्त्रको पक्षमा उभिदै राजा सँग मेरो घाँटी जोडिएको छ भन्नू भएको थियो, तर आज नेकाको केन्द्रीय नेतृत्व तहले विपीको आदर्श र विचारलाई अवमूल्यन गर्दै अघि वढेको छ। देश जनता र आम कार्यकर्ता को भावनालाई वुझ्न नसक्नु भनेको पतनको वाटोमा अघि बढ्नु हो नेता धितालले बताए।


भर्खरै जेन जी विद्रोहको नाममा भएको आगजनी वाट अरवौको क्षति हुनुका साथै राष्ट्रको अस्मिता माथि पनि खेलवाड भएको छ । विदेशीको ईशारामा असंवैधानिक सरकार गठन भएको छ ।

असंवैधानिक सरकारले मनोमानी ढंगले प्रस्तुत हुदा कांग्रेसले खवरदारी गर्नुपर्नेमा आन्तरिक किचलोमा लागेको छ। महाधिवेशनको विषयमा नेताहरु आपसमा खिचातानी गरीरहँदा अहिलेको असंवैधानिक सरकारले प्रतक्ष्य फाइदा लिइरहेको आम कार्यकर्ताको वुझाई छ ।

देश विषम परिस्थितिमा गुज्रिरहेको वर्तमान समयमा नेता सच्चिनु पर्ने र विपीको सिद्धान्त अडिग रहि हिन्दू धर्म र संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र लागे मुलुकले निकास पाउने उनको भनाइ छ।