लुम्बिनी : समावेशी बजेट आउछः मन्त्री मास्की

तुलसीपुर,१६ जेठ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले समावेशी बजेट ल्याउने तयारी रहेको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रदेश विनियोजन विद्येयक २०८० का सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको मंगलबार प्रदेश सभामा जवाफ दिनुहुँदै मन्त्री मास्कीले कसैलाई पक्ष र विपक्ष गरेर भन्दा पनि समावेशी बजेट ल्याउने बताउनुभयो । “सबै माननीयहरुले दिएका सुझाबहरु मैले ग्रहण गरेको छु”,उहाँले भन्नुभयो“आगामी बर्षको बजेटमा कसैलाई पक्ष र विपक्ष गरेर नभई समावेशी बजेट ल्याउने तयारीमा छौं ।”

उहाँले विगत जस्तो टुक्रे बजेट भन्दा पनि ठूला योजनालाई प्राथमिकतामा राखेर बजेट तयारी गरिएको समेत बताउनुभयो । प्रदेशका सबै सांसदहरुको सुझाब अनुसार नै विनियोजन विद्येयक २०८० का सिद्धान्त र प्राथमिकता तयार गरेको समेत उहाँले बताउनुभयो ।


प्रदेशसभाको दोस्रो अधिवेशनको चौथो बैठक आज दिउसो १ बजे बस्दैछ । लुम्बिनीमा यस बर्ष २० प्रतिशत बजेट कटौती हुनेछ ।