
तुलसीपर, २२ कात्तिक । नेपाल उद्याेग व्यापार महासंघ तुलसीपुरकाे नियमित बैठक शुक्रबार तुलसीपुरमा भएकाे छ ।
महासंघका तुलसीपुर नगर अध्यक्ष बेदप्रसाद वलीकाे अध्यक्षता तथा महासंघका केन्द्रीय महासचिब खेमनारायण पराजुलीकाे प्रमुख आतिथ्यमा बैठक भएकाे हाे । त्यस अवसरमा बक्ताहरूले तुलसीपुरमा ब्यबसायीहरूलाइ हताेसाहित गर्ने कार्य भईरहेकाे भन्दै यस्ता कार्य नराेकिए आन्दाेलनकाे समेत चेतावनी दिएका छन् ।
त्यस अवसरमा प्रमुख अतिथि पराजुलीले मुलुकमा ब्यबसायिहरूकाे नेतृत्व महासंघले गरिरहेकाे बताए । हरेक ब्यबसायीहरूलाई अफ्टेराे पर्दा फिल्डैमै गएर आवाज उठाउने गरेकाे समेत उनले बताए । साथै उनले अहिलेसम्म आफूहरूले उठाएका ब्यबसायिहरूका एजेण्डा नै निर्णायक हुने गरेकाे उनकाे भनाई छ ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मिनराज भण्डारी, प्रदेश अध्यक्ष तारा कुमारी राेकाय, प्रदेश सचिब शेषकान्त ढकाल, प्रेस सल्लाहकार दिपक बाेहरा, धनबहादुर बुढा क्षेत्रीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
काेषाध्यक्ष खुम भण्डारीले स्वागत मन्तब्य गरेकाे कार्यक्रमकाे सहजीकरण महासचिब कृष्ण पुनले गरेका थिए । त्यस अवसरमा बैठकले महासंघ जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता गर्ने निर्णय गरेकाे छ ।



लाइभदाङ । २३ कार्तिक २०८२, शनिबार २१:१६ बजे