
दाङ, १८ कात्तिक ।
दाङमा लागूऔषधसहित रुकुम पूर्वका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. २ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१७ हेमन्तपुर बस्ने २३ वर्षको निस्मत गुरुङ रहेको प्रहरीले जनाएको छ ।
गुरुङलाई घोराही उपमहानगरपालिका वडा नं.१४ नयाँ बसपार्कस्थित रोल्पा थवाङी शिरिषा होटेलमा लागुऔषध ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
गुरुङको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थको पुडिया १८ थान बरामद गरिएको छ । अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । १९ कार्तिक २०८२, मंगलवार २०:११ बजे