सल्यानमा जवरजस्ती करणी गरी फरार दुई अभियुक्त पक्राउ

तुलसीपुर,२४ असार ।

सल्यान प्रहरीले जवरजस्ती करणी गरी फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका-१२ बेलगार निवासी २२ वर्षीय रमेश भण्डारी र सोहि ठाउँका १९ वर्षीय डिल्ली बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।


गत बुधबार राती ११ बजेको समयमा कुमाख गाउँपालिका-१ शान्तीबजार स्थित ठुलीआमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिकालाई दुई युवकले जवरजस्ती करणी गरेको भनि पिडीतकी आमाले प्रहरी समक्ष बिहिबार जाहेरी दिनुभएको थियो । सोहि आधारमा खोजतलास गर्ने क्रममा आरोपित दुई जनालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट संग आवश्यक समन्य गरी सोहि दिन पक्राउ गरेको प्रहरीले बताएको छ ।

शुक्रबार अभियुक्त दुई जनालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सल्यानबाट म्याद थप गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिनुभएको छ ।