आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदी पक्राउ

काठमाडौं, १५ कात्तिक ।
जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदी भक्तपुरबाट पक्राउ परेका छन् । गत २४ भदौ कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत (विष्णु) भक्तपुर नगरपालिका–८ लिवालीमा पक्राउ परेका हुन् ।

रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेत लागुधौष मुद्दाका फरार कैदीबन्दी हुन् । २ वर्ष कैद १ लाख जरिवाना तोकिएको बस्नेत कैद भुक्तान गर्न ६ महिना बाँकी रहेका बेला जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका प्रहरीले जनाएको छ ।


प्रहरी सहायक निरीक्षक भैरव रावलको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएका बस्नेतलाई प्रहरी वृत्त जगातिमा राखिएको छ ।