दंगीशरणमा बाख्रा उपहार कार्यक्रम

प्रमोद आचार्य
दंगीशरण, ६ भदौ ।
दंगीशरण गाउँपालिका कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता तथा हेफर प्रोजेक्टको साझेदारीमा संचालित परीयोजना,हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग ,तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा उपहार कार्यक्रम वडा नं.७ को सिम्ठानामा सम्पन्न भएको छ ।

गत बर्षदेखी संचालित बाख्रा उपहार कार्यक्रम अन्तर्गत वितरण गरीएको माउ बाख्राबाट उत्पादीत उपहार बाख्रा समुहका अन्य सदस्यहरुलाई मंगलबार एक कार्यक्रमका विच प्रदान गरीएको हो । भोकालाई एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने उदेश्यका साथ दंगीशरण कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता साझेदारी अन्तर्गत वडा नं. ७ को सिम्ठानामा रहेको बेलपत्र समुहका सदस्यहरुले त्यहि रहेको मनकामना समुहका दिदिबहिनीहरुलाई बाख्रा उपहार प्रदान गरेका हुन् ।

गाउँपालिकाको ७० प्रतीशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतीशत सहयोगमा दंगीशरणमा कृषि तथा पशु पन्छिको क्षेत्रमा प्रभाबकारी काम गर्न परीयोजना लागु गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । अध्यक्ष गिरीले भौतीक पुर्वाधारलाई मात्र विकास नठानि किसानी जनताको आर्थिक अवस्था मजबुत र सबैको चेतनाको विकास गर्नसके मात्र आफुहरुको नारा समुन्नत दंगीशरण हाम्रो परीकल्पना नाराले सार्थकता पाउने बताउनुभयो ।


यस्तै कार्यक्रमका बिशिस्ट अथिती तथा वडा नं. ७ का वडा अध्यक्ष रेशम वलीले सानो स्रोतबाट ठुलो उपलब्धि प्राप्त गर्न बाख्रा उपहार कार्यक्रमले ठुलो सहयोग मिल्ने अपेक्षा लिएको बताउनुभयो । महिलाहरुलाइर्ए सङ्गठित गर्न र स्रोतको परीचालन गर्दै आय स्तरमा वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । स्रोतको वृद्धि गरी समृद्धि समाज निर्माण गर्न यस्ता कार्यक्रमरुले टेवा पुर्याउने उहाँको भनाइ छ।

बाख्रा उपहार कार्यक्रम बेलपत्र समुहका अध्यक्ष तुलसा न्यौपानेको अध्यक्षता,गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता तथा वडा नं. ७ का वडा अध्यक्ष रेशम वलिको बिशिस्ट आथित्यतामा बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको हो । बेलपत्र समुहका सचिब नबिन खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण हेफर प्रोजेक्ट नेपालका कार्यक्रम सयोजक गोमा भट्टराईले गर्नुभएको थियो ।