घोराहीमा जुवा तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

दाङ, १४  कात्तिक । दाङको घोराही उप–महानगरपालिका–१८ कात्तिके डाँडामा प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही–१० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर, हापुर साजखर्क बस्ने ३७ वर्षीय दल बहादुर बुढा, रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँकी ४० वर्षीया तुलसी खड्का, त्यही क्षेत्रकी ४२ वर्षीया कल्पना घर्ती मगर र ४० वर्षीय भम बहादुर बाठा रहेका छन्।


जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कालिका सामुदायिक वनको प्रतीक्षालयमा छापा मार्दा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट जुवाको खालमा रहेको नगद रु ५५ हजार २००सहित ५ गड्डी खोलेको र ७ गड्डी नखोलेको तास बरामद गरिएको छ। प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।