बबई गाउँपालीकामा पालीका स्तरीय बिपद व्यवस्थापन समीती पुनर्गठन

रामप्रसाद सुवेदी
हापुरे  १० जेठ ।

दाङको बबई गाउँपालिकामा गाउँपालीका स्तरीय बिपद व्यवस्थापन समीती पुनर्गठन गरीएको छ । आज बबई गाउपालिकाको शभाहलमा आज बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको अध्यक्षता बसेको बैठकले समीती पुनर्गठन गरेको हो । पालीका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री संयोजक र बबई गाउँपालिका बिपद व्यवस्थापन शाखा प्रमुख भुवन चन्द बालान सदस्य सचिव रहने गरी पुनर्गठन भएको समीती २५ सदस्यीय रहेको छ ।


साथै बैठकले गाउपालिकामा बैसाख र जेष्ठ महीनामा आएको हावाहुरीका कारण क्षेती पुगेका बिधालयहरुमा प्राविधीकहरुबाट क्षेती एकीन गरी पुननिर्माणको लागत संकलन स्टमेट तयार गरेर प्रकोप व्यवस्थापन कोषबाट पुननिर्माणको लागी रकम उपलब्ध गराउने, क्षेती पुगेका घरहरुमा वडाको शिफारीस र प्रहरीको मुचुल्काको आधारमा प्रतीघर रु ७ हजार रुपैयाँ राहात स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ भने क्षेती पुगेका वडा कार्यालयहरुको समेत मर्मत संभार गर्ने निर्णय गरेको छ ।

साथै बैठकले गाउँपालिकाको बिपद ब्यबस्थापन येजना र वाढी आकस्मीक योजना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको समुदायमा उत्थानशिललता अभीवृदी कार्यक्रमको प्राबिधीक सहयोगमा अधावधीक गर्ने समेत निर्णय गरेको छ । बैठकको संचालन बबई गाउँपालिकाका बिपद ब्यबस्थापन शाखा प्रमुख भुवन चन्द बालान क्षेत्रीले गर्नुभएको थियो ।