बढ्दो कोरोना र अपनाउनु पर्ने सचेतना

पछिल्लो समय तुलसीपुरमा कोरोनाको ग्राफ बढिरहेको छ । दैनिक परीक्षण गरेका मध्ये ५० प्रतिशतको हाराहारीमा संक्रमण देखिने गरेको छ । यसले गर्दा तुलसीपुरका विद्यालयहरु मघ ३ गतेसम्मकालागि बन्द गरियो । सबैलाई सचेत रहन आग्रह पनि गरिएको छ । एक हप्तामा एक सय बढि सक्रिय संक्रमित रहेका छन् । अहिले धेरे सभा सम्मेलन, महोत्सवहरु, टूर जानेजस्ता कार्यले कोरोना संक्रमण फैलिरहेको अबस्था छ ।

यस अघि दुईवटा ‘भेरियन्ट’हरु हामीले सामना गरिसकेको अबस्था छ । यी दुई भेरिन्टबाट मानिशले धेरै पाठ सिक्नु पर्ने अबस्था छ । पहिलो पटकमा धेरै मानविय क्षति भएन । जतिबेला मानिशले निकै सचेतना अपनाईएको थियो । तर, दोस्रो भेरियन्टको बेला धेरै मानबिय क्षति भयो । अक्सिजन पाउने अबस्था पनि रहेन । बाहिरी जिल्लाबाट अक्सिजन ल्याउनु पर्ने अबस्था थियो । अब फेरी मुलुकमा तेस्रो भेरियन्ट भेटिसकेको अबस्था छ । अब पनि उच्च सर्तकता अपनाउनु पर्ने बेला आएको छ । विगतमा हाम्रै लापरवाहीले कोरोना संक्रमण व्याप्त भएको थियो । अहिले अधिकांसले खोप लगाईसकेको अबस्था पनि छ । तर, खोप लगाएकाहरुलाई पनि लक्षणसहितको कोरोना देखिएको अबस्था छ । त्यसैले सचेत हुनुपर्ने अबस्था छ ।


अब कोरोना संक्रमण न्यूनिरकण गर्ने निकाय पनि उतिकै जिम्मेवार हुन आबश्यक छ । पूर्व तयारीमा बिशेष ध्यान दिनुपर्छ । पूर्व तयारीमा ध्यान नदिने तर, जति बेला आबश्यक पर्छ, त्यसपछि मात्रै सक्रिय भएको जस्तो गर्ने प्रबृतिले धेरै मानबिय क्षेति ब्यहोर्नुपर्ने अबस्था आएको थियो । अब तेस्रो भेरियन्टको सामना गर्नुपर्ने अबस्थामा त्यही समस्या नदोहोरीयोस्, यसमा सचेत हुनुपर्छ । भित्रिएपछिका गतिबिधि भन्दा भित्रिन नदिने तर्फ हामीले ध्यान दिनुपर्छ । दाङ भारतीय नाकासंग सिमाना जोडिएको जिल्ला पनि हो । जति भारतमा संक्रमितको संख्या बृद्धि हुन्छ, त्यति नै नेपालमा प्रभाब पार्ने गर्छ, त्यसैले यातायात क्षेत्रमा अलि धेरै सजकता अपनाउनु पर्ने देखिन्छ । धेरै भीडभाड हुने क्षेत्र बन्द गर्ने तथा अनाबश्यक भीडभाड गर्न दिनुहुँदैन । नागरिक पनि आफ्नो स्वास्थ्यमा आफै ख्याल राख्न आबश्यक छ ।

May be an image of 1 person and text that says 'Agrim Weekly, अगिम सम्पादकीय... Monday बढदो कोरोना र अपनाउनु पनें सचेतना www.livedang.com विविध नेपालीहरुले गर्व गनें आठौ महाधिवेशन रपनिगुपरात्मकरुपमा त्मकरुपमा पछिल्लो समय तुलसीपुरमा कोरोनाको बढिरहेको दैनिक प्रतिशतको हाराहारीमा तुलसीपुरका लागि गरियो गरिएको एक सक्रिय संक्रमित रहेका भीमबहादूर ओली धेरै जानेजस्ता 'भेरियन्ट'हरु हामीले गरिसकेको अवस्था मानिसले पर्ने अवस्था धेरै मानवीय मानिसले जतिबेला मानबिय बाहिरी भेरियन्ट भेटिसकेको सर्तकता अपनाउनु फेरी मुलुकमा अवस्था आएको संत्रमण अधिकांसले लगाएकाहरुलाई पनि लक्षणसहितको देखिएको अबस्था अवस्था कहिले लगाउने ? फरक खाप लगाउन मिल्छ अहिले त्यूनीकरण COVID पूर्व तयारीमा नदोहोरियोस, अवस्थामा ।भित्रिएपछिका दिनुपर्छ जोडिएको क्षेत्रमा पर्नेदेखिन्छ तथा अनाबश्यक भीडभाड पनि आफनो ख्याल राख्न आवश्यक'