विपदका बेला संयम होऔं

विपद् कतिबेला आउछ, थाहा नै हुँदैन । सबै जना एकजुट भएर सामाना गर्ने हो । विपद् कसैलाई काखा र कसैलाई पाखा गरेर आउँदैन । त्यसैले विपदलाई हेलचेक्र्याई गर्नुहुँदैन । विपद्को समयमा कसैले सस्तो लोकप्रियता भन्दा आम मानवको भलाईकालागि काम गर्ने हो । अनावश्यक प्रचारवाजी गर्नेजस्ता कुराले समाजमा अफवाह फैलाउछ । जसले गर्दा मान्छे मनोबैज्ञानिक त्रासमा हुन्छन् ।

पछिल्लो समय युट्युव,फेसबुक तथा केही अनलाईन सञ्चार माध्यामले पनि दिने सूचनामा तथ्य हुँदैन । समाचार छिटो दिने होड्मा गलत समाचार दिने तथा अफवाह फैलाउने जस्ता समाचार दिदा विपदका बेला अझै नागरिकमा मनोबैज्ञानिक असरहरु गरिरहेका हुन्छन् । सञ्चार माध्यामले विपद्को बेला झनै संयम भएर सूचना दिनुपर्छ । त्रास माथि थप त्रास थप्ने कार्य सञ्चार माध्यामको होइन् । विपद्को बेला घाउमा मलमको काम सञ्चार माध्यामको हो । विपद्मा सबैले भरोसा गर्ने भनेकै सञ्चार माध्यामको हो । तर, हामीले दिने सूचनामा तथ्य भएन भने त्यसले झनै समाजमा त्रास फैलिन्छ र मनोबैज्ञानिक रुपमा असर गर्छ ।


पछिल्लो पटक जाजारकोट केन्द्रविन्दू बनाएर आएको भुकम्पको बेलाका तस्बिरहरुले प्रभाबित क्षेत्रमा मात्रै होईन्, बाहिर पनि त्यतिकै त्रास फैलायो । मानिसको सम्वेदनशिलतामाथि कुनै ख्याल नगरि राखिएको बिभत्स तस्बिरहरुले आम मानिसलाई असर गरिरहेको कुरा सञ्चार माध्यामले ख्याल गर्नुपर्छ । सञ्चार माध्यामका पनि आफ्नै सीमाहरु छन् । विपद्को समयमा सञ्चार माध्यामहरु सीमा भन्दा बाहिर गएका धेरै उदाहरणहरु छन् । त्यसले गर्दा सञ्चार माध्यामप्रति आम नागरिकको विश्वास घट्दै जान्छ ।

त्यसैले पनि आफ्ना मर्यादा, सीमालाई ख्याल गर्नुपर्छ । सत्य,तथ्य र सन्तुलन मिलाएर समाचार तथा सामग्री प्रकाशन तथा प्रशारण गरे मात्रै हामीले चलाएको कमलले समाजलाई फाइदा पु¥याउँछ, अन्यथा समाजलाई नकारात्मक असर पु¥याउने गरि गरिएका कार्यले हाम्रो कर्तब्य र दायित्व पूरा हुँदैन । त्यसैले यस तर्फ ध्यान दिन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक