
तुलसीपुर(दाङ),२१ माघ ।
जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको दाङ स्थित बबई गाउँपालिकाको भवन पुनःनिर्माण गरि सेवा सुरु गरिएको छ । पालिका भवन जेलर क्षति भएको थियो । सोही भवनलाई पुनःनिर्माण गरि सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत जोखिम वलीले बताउनुभयो ।
उहाँका अनुसार पुनःनिर्माण गर्दा करिब ३० लाख खर्च भएको थियो । गाउँपालिकाको प्रशासनिक भवन, बहुउद्देश्यीय सभाहल तथा कार्यालयका अधिकांश शाखाहरू जलेर पूर्ण रूपमा नष्ट भएका थिए । अहिले पुनःनिर्माण गरेर पालिकाकै भवनबाट सेवा सुरु गरिएको उहाँको भनाई छ ।“जल्नु भन्दा पहिले जस्तो थियो, अहिले त्यस्तै बनाएका छौं”,उहाँले भन्नुभयो“भवन,विद्युत वाइरिङ जलेर नष्ट थियो, अहिले त्यो सबै मर्मत गरेर कार्यालयबाट सेवा सुरु गरेका छौं ।”
आन्दोलनका क्रममा कार्यालयमा रहेका पाँचवटा मोटरसाइकल, एउटा स्कुटर जलेर नष्ट भएका थिए, भन ल्यापटप, कम्प्युटर, प्रिन्टरलगायतका विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू तोडफोड र चोरी समेत भएका थिए ।



लाइभदाङ । २२ माघ २०८२, बुधबार ०७:१५ बजे